देशमा अतिबादीहरु हाबी भैरहेका छन्,अतिबादले दुर्घटना गराउँछ:नेपाली काँग्रेसका सभापति

0
265

१४ फागुन, बुटवल । नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पहाडी र मधेशी जनताका बीचमा झगडा गराउने षडयन्त्र भइरहेको बताएका छन् ।बुटवलको दीपनगरमा निर्माण भएको वीपी कोईराला अध्ययन प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा स्मारिकाको बुटवलमा विमोचन गर्दै सभापति देउवाले नेपाली-नेपालीबिच लडाउने काम भैरहेकोप्रति चिन्ता ब्यक्त गर्दै उनले हिमाल, पहाड र तराईलाइ एक बनाउनुर्ने बताए ।

Advertisements

‘जिम्मेवार दलहरुले नै नेपालको राष्ट्रिय एकता खल्बलाउने प्रयास गरिरहेका छन्’ उनले एमालेतर्फ इङ्गित गर्दै भने-‘देशमा अतिबादीहरु हाबी भैरहेका छन्,अतिबादले दुर्घटना गराउँछ ।’मधेशी जनताको भावनालार्इ आधार मानेर संबिधान संसोधनको तयारी भैरहेको भन्दै देउवाले सम्पूर्ण नेपालीलाई एक शुत्रमा बाँध्ने काम काँग्रेसले गर्ने बताए ।

उनले स्थानीय तहको निर्बाचनको तयारीमा लाग्न उनले कार्यकर्तालाइ निर्देशन समेत दिए । उनले भने, ‘आगामी माघ भित्रमा तीन तहको निर्वाचन गर्नैपर्ने छ,यो वा त्यो बहानामा चुनावलाई कसैले पनि विथोल्न हुँदैन ।’स्थानीय तहको निर्वाचनले जनतालाई सच्चा मालिकको अनुभूति गराउने उनको भनाइ छ ।

कार्यक्रममा रक्षा मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकारले घोषणा गरेको स्थानीय निर्वाचन कुनैपनि वाहनामा नरोकिने दावी गरे ।भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले देशमा अतिबादीले भ्रम छरिरहेको भन्दै दुवै प्रकारका अतिवादबाट देशलाइ जोगाएर काँग्रेस अगाडि बढ्ने बताए ।

LEAVE A REPLY