वर्षमान पुन फलोअपका लागि आजै बैंकक जाने

0
318

फाल्गुन १५,आठ दिनको उपचारपछि माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन आइतबार डिस्चार्ज भएका छन् ।

Advertisements

स्वास्थ्यमा सुधार भएपछि उनी आज बिहान अस्पतालबाट डिस्चार्ज भएको पारिवारिक स्रोतले जनायो । टाउको दुख्ने र ज्वरोको समस्या देखिएपछि पुनलाई अघिल्लो शनिबार राजधानीको ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

यसैबीच, पूर्वअर्थमन्त्री पुन आइतबार नै थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् । थाइल्याण्डस्थित अस्पतालमा उनी नियमित फलोअपका लागि पत्नी एवं सभामुख ओनसरी घर्तीमगरसहित दिउँसो पौने दुई बजे प्रस्थान गर्ने घर्तीका स्वकीय सचिव भक्तबहादुर दर्लामीले कान्तिपुरलाई जानकारी दिए । पुनलाई गत वर्ष मंसिरमा कलेजो सम्बन्धी समस्या देखापरेपछि थाइल्याण्डमा नै उपचार गरिएको थियो । त्यस यता उनले त्यहीबाट दइएको औषधि नियमित सेवन गरिएका छन् ।

सभामुख घर्ती थाइल्याण्ड जाने भएपछि संसद बैठक केही दिन चल्ने छैन । सदनको बैठक आगामी फागुन १९ गतेलाई बोलाइएको छ ।

http://bit.ly/2miWm8a

LEAVE A REPLY