नेपाली सेनाबाट पेट्रोल पम्पमा राखिएको सुतली बम निष्क्रिय

0
297

गौर (रौतहट), १५ फागुन । नेपाली सेनाले पेट्रोल पम्पमा राखिएको सुतली बम आज बिहान ९.३० बजे निष्क्रिय गरेको छ । सरमुज्वा गाविस– ८ बङ्कुल बजारस्थित रहेको ओम आयल ट्रेड कन्र्सनमा गए राति अज्ञात व्यक्तिले राखेको सुतली बम आज बिहान स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Advertisements

अमर दल गुल्म पुरेनवाबाट आएको सेनाको टोलीले बम निष्क्रिय गरेको प्रहरी चौकी बङ्कुलका प्रहरी सहायक निरीक्षक रामेश्वर ठाकुरले बताउनुभयो । बम किन कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको छ । बजारको पेट्रोल पम्पमा बम राखिएको खबरले स्थानीय व्यापारी त्रसित भएको स्थानीयवासी राजन जैसवालले बताउनुभयो । रासस

LEAVE A REPLY