स्ववियू निर्वाचनको औचित्य ???

0
534

विगत ८ वर्षदेखि अन्यौलमा पर्दै आएको स्ववियू निर्वाचन तार्किक निष्कर्षमा पुग्ने बेलामा आएर झन्–झन् अराजक बन्दै गइरहेको छ ।
यहि फाल्गुन १८ गते भनि तोकिएको निवार्चन जति.जति नजिकिँदै छ, उति–उति नै बिद्यार्थी संगठनबीचको होडबाजीका कारण स्वतन्त्र विद्यार्थी युनियनको वास्तविक अर्थको मर्म पनि हराउँदै जाँदा स्ववियू निर्वाचनको औचित्य के हो त भन्ने प्रश्न सबैको मानसपटलमा छाइरहेको छ । मूलतः विद्यार्थीहरुको हकहितका लागि आवाज बुलन्द गर्ने युनियन आज आफैँ दूषित हुन खोज्दै जानु, अन्यायमा परेका विद्यायार्थीहरुलाई न्याय दिने संगठन अहिले आएर आफँै खिचातानिको शिकार हुनु आदिका कारणले पनि स्ववियू निर्वाचनको औचित्य माथि ठूलो प्रश्न उठाइदिएको छ ।

Advertisements

अन्ततः यस्तो परिप्रेक्ष्यमा यदी चुनाव भइ पनि हाल्यो र जित्नेले जित्यो भने पनि यस्तो माहोल र समीकरणमा काम चाँहि के गर्ला त ? कामको साटो चुनावी दौरानमा भएका घटनालाई लिएर कतै बदलाको भावनामा आफ्नो कार्यकाल सिध्याँउने त होइन ?

यस्तो अवस्थामा के छ त, स्ववियू निवार्चनको औचित्यता ???

LEAVE A REPLY