भाग्यले बाँचेकाहरूलाई अर्को अन्तर्रा्ष्ट्रिय अवार्ड

0
269

भूकम्पमा पुनर्जीवन पाएकाहरूको कथा र व्यथा समेटिएको डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरू’ ले पुनः अन्तर्रा्ष्ट्रिय अवार्ड जितेको छ ।

Advertisements

भारतको पटनामा सम्पन्न बोधिसत्व अन्तर्रा्ष्ट्रिय चलचित्र महोत्सवमा यो डकुमेन्ट्रीले ८० हजार रुपैयाँसहित ‘बोधिसत्व सिल्भर अवार्ड’ जितेको हो । बिहीबार राति आयोजित अवार्ड समारोहमा फेस्टिभलको जुरी अध्यक्ष गोविन्द निहालनीले निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई अवार्डसहित नगद हस्तान्तरण गरे ।
फेस्टिभलमा संसारभरका ७ सय ३० वटा डकुमेन्ट्रीमध्ये प्रतिस्पर्धाका लागि ९ वटा डकुमेन्ट्री छानिएका थिए । जसमध्ये ‘भाग्यले बाँचेकाहरू’ ले दोस्रो स्थान हासिल गरेको हो ।

यो डकुमेन्ट्रीले गत महिना मात्रै भारतकै राजस्थान अन्तर्रा्ष्ट्रिय चलचित्र महोत्सवमा ‘उत्कृष्ट निर्देशक अवार्ड’ जितेको थियो । नेपालको महाभूकम्पमा परी चामत्कारिक रूपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरू’ ले एक दर्जन अन्तर्रा्ष्ट्रिय अवार्ड जितिसकेको छ ् साथै सो डकुमेन्ट्रि ३२ वटा भन्दा बढी देशमा प्रदर्शनका लागि छनोट भएको छ ।

LEAVE A REPLY