स्वाथ्य मन्त्री गगन थापाले मृत्युपश्चात आफ्ना अङ्ग दान गर्न मञ्जुरीनामा

0
336

काठमाडौँ, फागुन १५ गते । स्वास्थ्य सेवा दिवसको अवसर पारेर मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले मन्त्रालयमा आयोजना गरेको अंगदान शिविरमा मन्त्री थापाले मृत्युपश्चात आफ्ना अङ्ग निकालेर अरु व्यक्तिको अङ्गमा प्रयोग गर्ने भनि तयार गरिएको इच्छापत्र (मञ्जुरीनाम)मा हस्ताक्षर गर्नुभएको हो।अङ्गदानपछि मन्त्री थापाले अन्य व्यक्तिलाई पनि मृत्युपश्चात अङ्गदान गर्न आग्रह गर्नुभयो व्यक्तिको मस्तिष्कमृत्यु पश्चात उक्त व्यक्तिका आठवटा अङ्ग अन्य व्यक्तिलाई प्रत्यारोपण गर्न सकिन्छ। सोही अवसरमा केन्द्रले आयोजना गरेको निशुल्क मिर्गौला शिविरमा मन्त्री थापाले रक्तचाप, प्रोटिन, रगत अल्ट्रासाउण्ड समेत गराउनुभएको थियो।

Advertisements

अङ्ग प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठले मानिसको मृत्युपछि आठवटा अङ्ग अरुलाई प्रत्यारोपण गर्न मिल्ने जानकारी दिनुभयो।  डा. श्रेष्ठले सडक दुर्घटना वा अन्य कुनै कारणले आकस्मिक रुपमा मस्तिष्क मृत्यु भएमा मिर्गौला, फोक्सो, आँखा, प्याङ्क्रियाज, सानो आन्द्रा मुटु जस्ता महत्वपूर्ण अङ्ग निकालेर अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिने बताउनुभयो। श्रेष्ठले उपत्यकामा मात्र वार्षिक एक हजार मानिसको मस्तिष्कमृत्यु हुने जानकारी दिनुभयो।

 

 

LEAVE A REPLY