आफ्नो पहिलो अभ्यास खेलमा नेपालको हार, कप्तान ज्ञानेन्द्र मल्लको सतक ले पनि बचाउन सकेन

0
257

१५ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्यासँगको खेलको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा हार व्यहोरेको छ । नेपाल राजवाडा क्रिकेट टिमसँग ४७ रनले पराजित भएको हो ।२८२ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४७.१ ओभरमा २३४ रनमा अलआउट भयो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतक जोडे पनि अरु ब्याट्सम्यान चल्न सकेनन् । १२५ बलको सामाना गरेका उनले १० चौकाको मदतमा १०४ रन बनाए ।आसिफ शेखले २८ रन जोडे भने विनोद भण्डारीले २० रन बनाए । शक्ति गौचनले १४ र बसन्त रेग्मीले १२ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।  राजवाडाका माहम्मद शाफी एक्लैले चार विकेट लिए ।

Advertisements

यसअघि पहिले ब्याटिङ गरेको राजवाडा क्रिकेट टिमले ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन बनाएको थियो । उसका लागि राजत छप्परवालले ९१ रन बनाए भने माधुर खत्रीले ९० रन जोडे । मोहम्मद साफीले ५१ रन जोडे ।सन्दिप लामिछानेले २ विकेट लिए भने करण केसी र सोमपाल कामीले समान १-१ विकेट लिएका छन् ।

LEAVE A REPLY