तीन दिनभित्र दल दर्ता गर्न समय

0
235

काठमाडौँ, फागुन १६ गते ।  निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि तीन दिनभित्र दल दर्ता गर्न समय दिएको छ ।आयोगको कान्तिपथ, काठमाडौँमा फागुन १८ गतेभित्र दलहरूले दलीय विवरण बुझाउनुपर्नेछ ।  नबुझाउने दलहरूले स्थानीय तह निर्वाचनमा भाग लिन नपाउने आयोगले जनाएको छ ।
आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आइतबार बसेको आयोग बैठकले दल दर्ताका लागि दलहरूलाई सूचित गर्ने निर्णय गरेको छ ।  अब दर्ता हुने दलहरूलाई ‘नेपालको संविधानको धारा २७१ बमोजिम स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता भएको मानिनेछ ।आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार यसअघि आयोगमा दर्ता भएका दलहरू र जिल्लाजिल्लामा दर्ता भएका दलहरूले पनि स्थानीय तह निर्वाचन प्रयोजनका लागि तीन दिनभित्र दल दर्ता गराउनुपर्नेछ ।

Advertisements

LEAVE A REPLY