म्यानचेस्टर युनाइटेडलाई इएफएल कपको उपाधि

0
304

जाल्टन इब्राहिमोभिकले निर्धारित ९० भन्दा तीन मिनेट अगाडि गरेको निर्णायक गोलको मद्धतले म्यानचेस्टर युनाइटेडले ३–२ गोलअन्तरले साउथहाम्टनलाई पराजित गर्दै इङ्लिस फुटबल लिग(इएफएल) कपको उपाधि जितेको छ।
इङ्लिस क्लब म्यानचेस्टरमा आवद्ध भएपछि पोर्चुगिज प्रशिक्षक जोसे माउरिन्होको यो पहिलो उपाधि हो। विम्बलेमा भएको फाइनल खेलमा ३५ वर्षीय स्विडिस स्ट्राइकरले खेलको पहिलो र अन्तिम गरि दुई गोल गरे। उनले १९ मिनेटमा गोल गर्दै म्यानचेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए। ३८ मिनेटमा जेस लिनगार्डले अर्को गोल थपेपछि म्यानचेस्टर पहिलो हाफमा बलियो स्थितिमा देखिएको थियो। तर,म्यानचेस्टरको खुसी धेरै बेर टिकेन। निर्धारित ४५ पछि थप गरिएको एक मिनेटमा मानोलो गाबियाडियानीले गोल फर्काउदै पहिलो हाफको खेललाई २–१ को स्थितिमा पुर्यायाएका थिए।

Advertisements

झन उनले दोस्रो हाफको खेल सुरु भएको तीन मिनेटमा दोस्रो गोल थपेपछि म्यानचेस्टर एकछिन स्तब्ध भएको थियो। तर, अन्त्यमा इब्राहिमोभिकले यो सिजन आफ्नो गोल संख्या २६ पुर्याउने क्रममा निर्णायक गोल गरे। म्यानचेस्टरको इएफएल कपमा यो पाँचौ सफलता हो। माउरिन्होले चेल्सीको प्रशिक्षक हुँदा तीन पल्ट यो उपाधि जितिसकेका छन्।

LEAVE A REPLY