मेसीले खेल सकिन ४ मिनेट अगाडी गरेको निर्णायक गोलले एट्लेटिकोविरूद्ध बार्सिलोनाको महत्यपुर्ण जीत

0
293

लिओनल मेसीले खेल सकिन मिनेटमा गरेको निर्णायक गोलका कारण बार्सिलोनाले स्पेनिस ला लिगाअन्तर्गत आइतबार राती भएको खेलमा एट्लेटिको म्याड्रिडलाई ले पराजित गरेको छ। बार्सिलोनाका लागि ब्राजिलियन मिडफिल्डर राफिन्हाले ६४ मिनेटमा पहिलो गोलको अग्रता दिलाएका थिए। तर, ७० मिनेटमा डिएगो गोडिनले कोकेको फ्रिकिकमा उत्कृष्ट हेडिङ गोल गरे। 
मेसीले ८६ मिनेटमा लुइस सुआरेजको पासमा डिबक्सबाट गोल गरेपछि बार्सिलोनाले महत्वपूर्ण तीन अंक बटुल्यो। मेसीले ला लिगाको २१ खेलमा २० गोल पुरा गरेका छन। एट्लेटिकोविरूद्ध मेसीको यो २२ औं गोल थियो। 

 

LEAVE A REPLY