घरेलु भिलारियाललाई ३–२ ले पराजित गर्दै रियल म्याड्रिड लालिगाको शीर्षस्थानमा यथावत

0
245

दोस्रो हाफमा दुई गोलले पछाडि परेको अवस्थालाई उल्ट्याउदै रियल म्याड्रिडले स्पेनिस ला लिगाको शीर्षस्थानलाई यथावत कायम राखेको छ। आइतबार रातीको दुई महत्वपूर्ण खेलमा बार्सिलोनाले सुरुमा २–१ गोलले एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै ला लिगाको शीर्षस्थान ओगटेको थियो। तर, बार्सिलोनापछि मैदानमा उत्रिएको म्याड्रिडले घरेलु भिलारियाललाई ३–२ ले पराजित गर्दै क्याटलान क्लबबाट केही समयका लागि खोसिएको शीर्षस्थानको ताजलाई पुनः फर्कायो। 
म्याड्रिडले अझै बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ। म्याड्रिडले २३ खेलबाट ५५ अंक जुटाएको छ भने बार्सिलोनाको २४ खेलबाट ५४ अंकमा छ।

 

LEAVE A REPLY