अनमोलको ‘कृ’ ,छायांकन पुर्व नै नाफामा , रिलिज मिति फेरबदल

0
236
युवा स्टार अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘कृ’को छायांकन नै सुरु भएको छैन । तर, यो फिल्मले आफ्नो लगानी सुरक्षित गरेको निर्माता सुवास गिरीले बताइएका छन् ।
१ करोड ६० लाखको बजेटमा निर्माण हुने फिल्म कोछायांकनमा जानु अगाडि नै  ओभरसिज राइट्स र काठमाण्डौ बाहिरको ‘एमजी’बाट यसको लगानी सुरक्षित भएको हो ।
हाइलाइट्स नेपालले यसको डिजिटल र ओभरसिज राइट्स खरिद गरिसकेको छ भने काठमाण्डौ बाहिर पनि चलचित्रले महंगो रकम ‘एमजी’ पाएको छ । यो कुराले फिल्म रिलिज पहिले नै नाफामा गएको संकेत गर्छ ।
यसैविच, फिल्मको प्रदर्शन मिति पनि एक साता अगाडि सरेको छ । यस अगाडि अर्को बर्षको भदौ १६ गतेबाट फिल्म रिलिज हुने बताइएको थियो । तर, अब यो फिल्म भदौ ९ गते नै रिलिज हुने भएको छ ।
सुरेन्द्र पौडेल निर्देशनमा रहने फिल्ममा सुवास गिरी र भूवन केसी निर्माताको रुपमा छन् । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्ममा श्री पराजुली सह–निर्माता हुन् । अनमोलले यो फिल्ममा नव अभिनेत्री अदिती वुढाथोकीसँग अन स्कृन रोमान्स गर्नेछन् ।

LEAVE A REPLY