दर्जनौ नेविसंघका विद्यार्थी घाइते

0
311

लमजुङ लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पसमा सोमबार अनेरास्ववियुका विद्यार्थीको आक्रमणबाट १२ जना भन्दा बढी नेविसंघका विद्यार्थी घाइते भएका छन् नेविसंघका जिल्ला सभापति शिव नरालका अनुसार घाइते हुनेहरुमा दीपेन्द्र रेग्मी, आकृति खनाल, गोकुल कँडेल, किरण बास्तोला, नवराज ढकाल, हरिष भट्ट, रामहरि लामिछाने, सञ्जय काफ्ले, इशा पौडेल, सीता आचार्य, सुदीप खनाल, प्रान्जल रिजाल लगायत रहेका छन्

Advertisements

घाइतेहुनेहरु मध्येमा टाउकोमा गम्भीर चोट लागेका दीपेन्द्रलाई थप उपचारको लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं लगिएको भने घाइते छात्रा आकृति गोकुलको सुन्दरबजारस्थित कर्मदा अस्पतालमा उपचार भइरहेको नेविसंघले जनाएको
डीएसपी समीरचन्द्र खरेलले घटनालाई पुष्टी गर्दै जना घाइते भएको दीपेन्द्रलाई थप उपचारको लागि काठमाडौं लगिएको बताएका छन् प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सुरक्षा संवेदनालाई मध्यनजर राखेर क्याम्पसको होस्टलभित्र रहेका अनेरास्ववियु समर्थित विद्यार्थीलाई शसस्त्र प्रहरी नेपाल प्रहरीले बेंसीसहर ल्याइएको बताए

घटना लगत्तै नेविसंघ अखिल (क्रान्तिकारी) ले संयुक्त विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले क्याम्पस वार्तासमेत भंग गर्दै विद्यार्थीमाथि रड, खुकुरी, ढुंगा, मुढा प्रहार गरेको आरोप लगाएको ।साथै अनेरास्ववियुसँग हतियार रहेको जानकारी प्रहरी प्रशासनलाई गराएपनि आनकानी गरेको जाँच नगरी खुलेआम प्रवेश गर्न दिएकोमा प्रहरी प्रशासन क्याम्पसको समेत संलग्नता देखिने नेविसंघ अखिल (क्रान्तिकारी) ले आरोप लगाएको घटनामा संलग्न एवं मिलेमतो देखिएका क्याम्पसका कर्मचारी रामजी खड्का, इलाका प्रहरी कार्यालयका सई होमनाथ अधिकारीलाई कारबाही गर्न समेत उनीहरुले माग गरेका छन्

LEAVE A REPLY