सन् २०१८ मा दश हजारभन्दा बढी नेपाली कामदार लैजाने दक्षिण कोरियाको प्रस्ताव

0
334

काठमाडौँ, फागुन १७ गते   दक्षिण कोरियाले रोजगार अनुमति प्रणालीईपीएस) परीक्षाअन्तर्गत दश हजारभन्दा बढी नेपाली कामदार लैजाने प्रस्ताव गरेको  वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले सन् २०१८ मा दश हजारभन्दा बढी नेपाली कामदार लैजाने प्रस्ताव कोरियाले गरेको जानकारी दिनुभएको छ । उहाँका अनुसार, कोरियाको मानव संशाधन विभाग (एचआरडी) ले नेपाली कामदारको कोटा छुट्याइएको जानकारी ईपीएस शाखालाई 

गराएको छ ।  ईपीएस परीक्षाअन्तर्गत नेपाली कामदारलाई कोरिया लैजाने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने नेपालको प्रस्तावलाई स्वीकार्दै कोरियाले नेपाललाई सो प्रस्ताव गरेको निर्देशक खतिवडाले बताउनुभयो ।  उहाँका अनुसार, दश हजारमध्ये छ हजार दुई सयजना कृषि क्षेत्रका लागि र चार हजार जना कामदार उत्पादनमूलक क्षेत्रका लागि कोरियाले प्रस्ताव गरेको छ ।  २०१८ का लागि ईपीएस परीक्षा फारम चैत ९ गतेदेखि खुला हुने शाखाले जनाएको छ ।

Advertisements

LEAVE A REPLY