फिल्म ‘लुट २’ को यस्तो लुट

0
267

काठमाडौं – गत शुक्रबार नेपालभर रिलिज भएको फिल्म ‘लुट २’ ले बक्स अफिसमा कब्जा जमाइरहेको छ। निश्चल बस्नेत निर्देशित फिल्मले छक्कापञ्जाको कीर्तिमानलाई पछ्‌याउने संकेत देखिएको छ।सोमबार साँझसम्म काठमाडौंबाहिर मात्र २५ लाख हाराहारीको कलेक्सन भएको छ। फिल्मले राजधानीमा एक करोडमाथिको व्यापार गरेको जानकारी उनले दिएका थिए।पाँच वर्षअघि रिलिज भएको ‘लुट’को सिक्वेल कथामा ‘लुट २’ निर्माण गरिएको हो। शिवरात्रीको सार्वजनिक विदा पारेर रिलिज भएको फिल्मले पहिलो दिन नै १ करोड ५२ लाखको व्यापार गरेको दाबी फिल्म निर्माता नरेन्द्र महर्जनले गरेको छन्।

Advertisements

शनिबार फिल्मले १ करोड ६६ लाखको कलेक्सन गरेको उनले जानकारी दिए। तुलनात्मक रुपमा आइतबार भने ७३ लाख कलेक्सन गरेर फिल्मले केही फितलो व्यापार गरेको थियो।सोमबार साँझसम्म फिल्मले राजधानीमा एक करोडमाथिको व्यापार गरेको जानकारी उनले दिएका छन्। सोमबार काठमाडौंबाहिर मात्र २५ लाख हाराहारीको कलेक्सन भएको छ। ‘लुट २’लाई माधव वाग्ले र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन्।अभिनेता दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, कामेश्वर चौरासिया, सृजना सुब्बा, ऋचा शर्मा, एलिशा राई, प्रवीण खतिवडा, कर्मा शाक्य लगायतले फिल्ममा अभिनय गरेका छन्।

स्रोत नागरिक न्यूज

LEAVE A REPLY