राजदूतका लागि म जत्तिको उपयुक्त व्यक्ति कोही पनि छैन :आशा लामा

0
238

१७  फागुन, काठमाडौं ।   वैदेशिक रोजगार व्यवसायी एवम् युएईका लागि प्रस्तावित राजदूत आशा लामाले राजदूत नियुक्तिमा आफू जत्तिको सक्षम व्यक्ति कोही पनि नरहेको दाबी गरेकी छन् । रिपोर्टर्स क्लव नेपालमा सोमबार पत्रकार सम्मेलन गरेर लामाले भनिन्, ‘म नेपाली कांग्रेसको कार्यकर्ता हुँ । राजदूतका लागि म जत्तिको उपयुक्त व्यक्ति कोही पनि छैन ।’ पत्रकार सम्मेलनमा पटक-पटक ‘म जस्तो सक्षम व्यक्ति कांग्रेसमा राजदूत बन्न योग्य कोही पनि छैन,’ भनेकी लामाले परराष्ट्र मन्त्रालयमा राजदूत नियुक्तिका लागि आफूले आवेदन दिएको दाबी गरिन् ।

Advertisements

उनले भनिन्, ‘पत्रपत्रिकामा राजदूत नियुक्तिको समाचार पढेको थिएँ । त्यसपछि पराष्ट्र मन्त्रालयमा गएर निवेदन दिएँ । त्यसपछि मेरो योग्यता र क्षमता देखेर सरकारले राजदूतमा सिफारिसमा गरेको हो ।’ सभापति शेरबहादुर देउवासँग जिपछिरिङ लामाको माध्यमबाट कनेक्सन भएको बताएकी लामाले भनिन्, ‘जिपछिरिङ लामा मेरो पारिवारिक मान्छे हो । उहाँमार्फत शेरबहादुर देउवा समक्ष पुगेको हुँ । उहाँले पनि मेरो प्रशंसा गर्नुभयो ।’

LEAVE A REPLY