मोर्चालाई फकाउन प्रधानमन्त्रीले अगाडि सारे नयाँ सूत्र

0
252
 काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावी प्रक्रियामा सहभागी हुन गरेको आग्रहलाई मधेशी मोर्चाका नेताले आज पनि अस्वीकार गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस, माओवादी र मोर्चाको वैठकमा प्रधानमन्त्रीले संसोधन विद्येकय पारित गराउन समय लाग्ने भएकाले चुनावी प्रक्रियामा सहभागी हुन आग्रह गरेका थिए । तर, मोर्चाका नेताहरुले ‘यो हुँदैन’ भन्दै प्रधानमन्त्रीको आग्रह अस्वीकार गरेका हुन् ।
मोर्चाका एक नेताका अनुसार वैठकमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए
हामीले अगाडि बढाएको संसोधन विद्येयक पारित गराउन समय लाग्छ । अहिले नै प्रक्रियामा लैजादा दुई तिहाई अझै पुगेको छैन । आबश्यक छलफल गरेर यसलाई पारित गराउनुपर्छ । ढिलै भएपनि म यसलाई पारित गराउँछु । राप्रपासँग पनि कुराकानी भएको छ ।
प्रधानमन्त्रीले स्थानीय तह पुनर्संरचना सम्बन्धी मोर्चाको मागवारे वैठकमा भनेका थिए,
कार्यदलले दिएको प्रतिवेदनलाई हेरेर गाँउपालिका, नगरपालिकाको सख्याँ बढाउँछु ।
तपाईहरु चुनावको लागि सकरात्मक भइदिनस् ।

मोर्चाका नेता बोल्दाबोल्दै काँग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए,
होइन, सवै हुन्छ । मैले राप्रपासँग पनि कुरा गरेको छु । आज पनि कुरा गर्दैछु । सवै चुनावमा लागौँ ।

Advertisements

त्यसपछि राप्रपा लगायतका दलसँग छलफल गरेर थप छलफल गर्ने नेताहरु उठेका थिए ।

राजनीतिक सहमतिबाटै अगाडि बढ्ने निष्कर्ष निकाल्दै बैठकले छिटै सरकारलाई समर्थन गर्ने दलहरुको संयुक्त बैठक बस्ने समझदारी भएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन् ।

संविधान संसोधन, स्थानीय तहको निर्वाचनको वातवरण निर्माण लगायतका विषयमा सत्तारुढ दल काँग्रेस र माओवादीले मधेशी मोर्चाका नेताहरुसँग छलफल गरेका थिए । मोर्चाले स्थानीय तहको चुनाव घोषणालाई अस्वीकार गरेपछि सरकारमाथि दवाव परेको छ । परिमार्जनसहित संविधान संसोधन नभए मोर्चाले चुनावमा भाग नलिने बताएको छ ।सरकार मोर्चालाई जसरी पनि चुनावमा सहभागी गराउने गृहकार्यमा लागेको छ । तर, संविधान संसोधनले भने हले अड्काएको छ ।

प्रधानमन्त्री प्रचण्डले हिजो साँझ मात्रै मधेशी मोर्चाका नेताहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा प्रधानमन्त्रीले निर्वाचन नभए संघीयता उल्टिन सक्छ भनेर मोर्चाका नेताहरुलाई सचेत गराएका थिए । त्यसलगत्तै आज काँग्रेससहित प्रधानमन्त्री प्रचण्डले बैठक डाकेका हुन् । प्रधानमन्त्री प्रचण्डले हिजो मोर्चाका नेताहरुसँग तीन घण्टा लामो छलफल गरेका थिए ।

संसदमा सरकारले पेश गरेको संविधान संसोधन विद्येयकमाथि १५ वटा संसोधन विद्येयकमाथि १५ वटा संसोधन प्रस्ताव दर्ता भएका छन् । ती प्रस्तावमा कहाँ सहमति खोज्न सकिन्छ भनेर आज वैठकमा छलफल हुनेछ । स्थानीय तहको पुनसर्रंचनासम्बन्धी आयोगको प्रतिवेदनमाथि पनि मोर्चाको विरोध छ ।
मोर्चाको विरोधपछि सरकारले त्यसलाई परिमार्जन गर्न मन्त्रीस्तरीय कार्यदल बनाएको थियो । कार्यदलले मधेशमा स्थानीय तहको सख्याँ बढाउने सुझावसहितको प्रतिवेदन आज सरकारलाई बुझाउँदैछ । सरकारले यो प्रतिवेदनले मधेशी मोर्चाको एउटा महत्वपूर्ण माग पुरा हुने विश्वास लिएको छ ।

LEAVE A REPLY