चर्चित पत्रकार रवीन्द्र मिश्रले मासिक ६ लाखको जागिर छोडी राजनीति गर्ने

0
249

काठमाडौँ, फागुन १८ गते । बीबीसी नेपाली सेवाको जागिर छाडेका चर्चित पत्रकार रवीन्द्र मिश्रले राजनीतिमा लाग्ने घोषणा गरेका छन् । पूर्णकालीन राजनीतिमा आउने तयारीका साथ बीबीसी नेपाली सेवाको प्रमुख पदबाट राजीनामा दिएको मिश्रले बताएका छन् । अस्तित्वमा आउने तर कहिल्यै देशको समृद्धिमुखी नेतृत्व गर्न नसक्ने’ अर्को एउटा राजनीतिक पार्टी होइन, देशलाई आमूल परिर्वतनकारी दिशामा डोर्‍याउन सक्ने नेतृत्व निर्माण हुनसक्छ भन्ने हाम्रो ठम्याई छ,’ मिश्रले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Advertisements

राजनीतिमै लाग्न उनले यसअघि हेल्प नेपाल नामक संस्थामार्फत् समाजसेवा गर्दै आएका छन् सोही संस्थाका पदाधिकारीहरुलाई समेत समेटेर उनले राजनीति सुरु गर्न लागेक हुन् वर्ष पहिलेदेखि नै उनी राजनीतिमा लाग्ने चर्चा चल्दै आएको थियो डा. बावुराम भट्टाराईसँग मिलेर नयाँ पार्टी गठन गर्ने चर्चा चलेको थियो तर मिश्रलगाएत केही ब्यक्ति उक्त पार्टीमा लागेनन्

मिश्र, पूर्वमुख्यसचिव लिलामणि पौडेल तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले लगाएत मिलेर नयाँ पार्टी गठनको तयारी गरेका थिए तर, पौडेल चीनको राजदुत भएपछि उनीहरुको योजनामा धक्का लागेको थियो अन्य विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाई समेटेर मिश्रले पार्टी गठन गर्न लागेको स्रोत बताउँछ जसका लागि डा. गोविन्द केसीदेखि नायक राजेश हमाल समेत उनले छलफल गरेका छन् पूर्वप्रशासक तथा साहित्यकारहरुलाई समेटेर मिश्रले पार्टी घोषणा गरी राजनीतिमा लाग्न लागेका हुन् सुशासन देश विकासको भिजनसहितको घोषणापत्रहरु समेत तयार भइसकेको बातइन्छ

अहिलेका पार्टीबाट देश बन्दैन

स्तम्भकार समेत रहेका मिश्रले विज्ञप्तिमा कतिपय शुभेच्छुकले आफूलाई विद्यमान कुनै पार्टीमार्फत राजनीति गर्न उपयुक्त हुने सल्लाह दिएको पनि उल्लेख गरेका छन् । तर, विद्यमान पार्टीहरुमार्फत अगाडि बढ्ने हो भने आफू बदलिने तर समग्र देश नबन्ने निष्कर्षमा पुगेका कारण मैले यो अलग र चुनौतिपूर्ण बाटो चयन गरेको हुँ,’ उनले भनेका छन् ।परोपकारी अभियन्ता समेत रहेका मिश्रले कल्याणकारी लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्रलाई आत्मसाथ गर्ने नयाँ पार्टी बनाउने बताएका छन् ।

यसरि हुँदैछ पार्टी निर्माण

उनले कुनै पनि दलमा आवद्ध नभएका तथा अन्य दलमा आवद्ध भए पनि ती दलबाट यो देशको हित हुन सक्दैन भन्ने निष्कर्षमा पुगेकाहरुलाई आफूहरुले निर्माण गर्न मञ्चलाई उपयोग गर्न पनि आग्रह गरेका छन् ।तत्कालका लागि हरेक टोल-टोलमा कम्तिमा ७ जनाको समूह बनाउने उनले आहृवान पनि गरेका छन् ।  ‘जुन छिट्टै पार्टीको संगठन निर्माणको आधारशीला हुनेछ,’ उनले भनेका छन्, ‘विदेशमा बस्ने नेपालीको साथ र सहयोग लागि विशेष व्यवस्था गर्नेछौं र उनीहरुलाई विदेशमा नगर तथा शहरहरुमा सदभाव समूह निर्माण गर्न अपिल  गर्छौं ।’मिश्रले अघि भनेका छन्, ‘हामीले सुरु गर्न लागेको यो यात्रा केबल १०/१२ जना सांसदलाई संसद पठाएर राजनीति गर्न होइन । यो देशको नेतृत्व गरेर नेपाली राजनीतिको चरित्र र सिंगो देश नै रुपान्तरण गर्नका लागि हो ।’असाधारण स्रोत र साधनले सम्पन्न भएपनि राजनीतिक कारणले नै देश अस्थिर र अविकसित भएको भन्दै उनले भने, ‘देशको भविश्य बनाएरै छाड्ने र समृद्ध नेपालका सूचकहरु कुनै पनि हालतमा हेरेरै मर्ने हाम्रो अठोट हो ।’

LEAVE A REPLY