ट्रम्पको आरोप:,ओबामाले ह्वाइट हाउसका गोप्य सूचना चुहाए

0
229

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको गोप्य सूचना चुहावट तथा आफ्नाविरुद्ध भएका प्रदर्शन पछाडि पूर्व राष्ट्रपति बाराक ओबामाको हात रहेको दाबी गरेका छन् ।फोक्स न्यूजसँगको एक अन्तर्वार्तामा ट्रम्पलाई सोधिएको थियो कि के तपाईंलाई लाग्छ, ओबामाले तपाईंविरुद्ध भएका विरोधलाई प्रोत्साहन गरिरहेका छन् ?

Advertisements

यसको जवाफमा ट्रम्पले भने, ‘मलाई लाग्छ कि यो सबैको पछाडि ओबामा छन् । र, यो राजनीति हो । यो यस्तै हुन्छ ।’उनले ह्वाइट हाउसका गोप्य सूचना ओबामाले बाहिर लिक गरिरहेको बताए । उनले भने, ‘पर्दापछाडि के भइरहेको छ भन्ने तपाईंलाई थाहा हुन्न । तर, मलाई लाग्छ, यसको पछाडि ओबामा छन् किनकी उनका मानिसहरु निश्चितरुपमा यसका पछाडि छन् ।’उनले अगाडि भने, ‘केही सूचनाको चुहावट सम्भवत त्यही समूहबाट भएको छ । केही चुहावट वास्तवमा असाध्यै संवेदनशील छन् किनकी राष्ट्रिय सुरक्षाको दृष्टिकोणले त्यो एकदमै गलत छ । त,र म यो पनि बुझ्छु कि यो राजनीति हो । यी कुराहरुको पछाडि उनी हुनु राजनीति हो । र सायद यो जारी रहनेछ ।’विरोध प्रदर्शन गर्न र रिपब्लिकन विधायकहरुलाई हताश बनाउन टाउन हलमा आयोजित कार्यक्रममा भाग लिनका लागि प्रदर्शनकारीहरुलाई पैसा दिइएको पनि उनको दाबी छ

LEAVE A REPLY