रणजीत रायको कार्यकाल सकीयो ,विनयकुमार कार्यबाहक राजदूत

0
236

नेपालका लागि भारतीय राजदूत रणजीत रायको कार्यकाल मंगलबारदेखि समाप्त भएको उनले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग विदाइ भेट गरेका छन् राजदूत रायका ठाउँमा अब डेपुटी चीफ अफ मिसन (डीसीएम) विनय कुमारले कार्यवाहक राजदूतको जिम्मेवारी निर्वाह गर्ने छन् संविधान निर्माण हुनुअघि नेपालको राजदूतको जिम्मेवारी सम्हालेका रणजीत रायको कार्यकालमा नेपाल भारत सम्बन्धमा निकै ठूला उतार चढावहरु देखा परे राजदूत राय चर्चा एवं विवादको शिखरमा रहे

Advertisements

भारतीय दूतावास स्रोतका अनुसार अब नेपालले नयाँ भारतीय राजदूत पाउन अझै एक महिना लाग्न सक्छ यो अवधिमा डीसीएम विनयकुमारले कार्यबाहकको काम गर्ने छन् नयाँ भारतीय राजदूत को बन्दैछ भन्ने अझै टुंगो लागेको छैन राजदूतका रुपमा प्रिती शरण दलबीर सिंहको नामसमेत चर्चामा ४८ वर्षीय विनय सन् १९९२ देखि भारतीय विदेश सेवामा प्रवेश गरेका हुन् राजदूत रायले अर्थशास्त्रको अध्ययन गरेर विदेश मन्त्रालयको सेवामा प्रवेश गरेका थिए भने विनयले टेक्निकल विषय पढेका छन्

विनयकुमारले आफ्नो विदेश मन्त्रालयको जागिरका काममा काठमाडौं आउनुपूर्व तासकन्द, ओटावा, तेहरान लगायतका स्थानमा भारतीय मिसनमा काम गरिसकेका छन् सन् २०१५ मा नेपाल आउनुपूर्व उनी अफ्रिकामा कार्यरत थिए

LEAVE A REPLY