नेदरल्यान्ड्सको लिग फुटबलमा अनौठो कीर्तिमान

0
251

नेदरल्यान्ड्सको लिग फुटबलमा अनौठो कीर्तिमान बन्न पुगेको छ – fसोमबार बिहान फेयनुर्डविरूद्धको खेलमा लिग च्याम्पियन क्लबका गोलरक्षक जोएटको असावधानीका कारण आइन्ड होभनले खेल २–१ ले गुमायो। जिडिएस (गोल निर्णायक प्रविधि) लागु गरिएको यस खेलमा फेयनुर्डका खेलाडीले ८२ मिनेटमा गरेको प्रहारलाई गोल लाइनमा जोएटले रोकेका थिए। बल रोक्ने क्रममा उनको शरीर भने पोस्ट भित्र छिरेको थियो। तर, उठ्ने बेला उनले बललाई आफ्नो छातीमा टाँसे। उनको यो असावधानी रेफ्रिको जिडिएस प्रविधियुक्त घडीमा देखियो। र, रेफ्रिले गोलको निर्णय सुनाए। आइन्ड होभनका खेलाडी रेफ्रिलाई उनको निर्णय फिर्ता लिन अपिल गर्दै थिए। तर, रेफ्रिले आफ्नो नाडीमा बाधेको जिडिएस प्रविधियुक्त घडी खेलाडीलाई देखाएपछि उनीहरू पनि दंग पर्दै फर्किए। पिएसभी हाल लिगको तेस्रो स्थानमा छ। यो निर्णयसँगै फेयनुर्डले पिएसभीसँगको दुरी ११ अंकमा पुर्याएको छ। फेयनुर्ड २४ खेलमा हाल ६३ अंकसहित शीर्षस्थानमा छ।

Advertisements

LEAVE A REPLY