आफ्नै रेकर्ड तोड्दै अक्षय

0
197

अक्षय कुमारले बक्स अफिसमा आफ्नो राम्रो प्रदर्शन जारी गर्दै जली एलएलबी २ ले घरेलु सिनेमाको साथै विश्वभर राम्रो कमाई गरिरहेको छ ।

Advertisements

यो चलचित्रलाई सन् २०१७ को पहिलो हिट मानिएको छ । यसलाई दर्शकदेखि समालोचक दुवैले राम्रो प्रशंसा गरिरहेका छन् ।

सायद त्यही भएर चलचित्र २ सय करोड क्लबको नजिक पुग्दैछ । तीन हप्ताअघि रिलिज भएको चलचित्रले १८५ करोड भारु कमाइसकेको छ ।
फेब्रुअरी २६ सम्म जली एलएलबी २ ले घरेलु बक्स अफिसमा १५३.७६ करोड भारु कमाएको छ भने विदेशमा ३१.४८ करोड कमाएको छ ।

यो चलचित्रले अक्षयका यसअघिका चलचित्रको कमाईको किर्तिमानलाई पछि परेको पारेको छ । यसअघि उनको चलचित्र राउडी राठोरले १३३.३५ करोड भारु, रुस्तमले १२८ करोड भारु, एयरलिफ्टले १२७.८० करोड भारु, होलिडेले ११२.५ करोड भारु, हाउसफुल थ्रीले १०९.१३ करोड भारु र हाउसफुल २ ले १०६ करोड भारु कमाएको थियो ।

सन् २०१३ मा अर्सद वार्सीको मुख्य भूमिका रहेको चलचित्रको दोस्रो संस्करण रहेको जली एलएलबीमा २ मा शौरभ सुक्ला, अनु कपुर र हुमा कुरेशी रहेका छन् ।

LEAVE A REPLY