प्रधानमन्त्री प्रचण्डद्वारा सत्ता गठबन्धनको बैठक आह्वान

0
203

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो चार बजेका लागि सत्ता गठबन्धनको बैठक आह्वान गरेका छन् । बैठकमा कांग्रेस, माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक र मधेसी मोर्चालाई बोलाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी स्थानीय तह चुनाव र संविधान संशोधनबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Advertisements

प्रधानमन्त्रीले पछिल्लो पटक स्थानीय चुनावपछि संविधान संशोधन गर्ने प्रस्ताव अघि सारेका छन् । स्थानीय तहको संख्या बढाउने र राष्ट्रिय सभाको निर्वाचक मण्डलबाट स्थानीय तह प्रमुख उपप्रमुखको मताधिकार हटाउन संविधान संशोधनको अर्को विधेयक ल्याउने उनको योजना छ ।

तर, मधेसी मोर्चाले संविधान संशोधन नभएसम्म कुनै पनि चुनावमा भाग नलिने अडान लिएको छ ।

LEAVE A REPLY