रहेनन् ‘तारक मेहताका उल्टा चश्मा’ का लेखक

0
213
भारतीय  टेलिश्रृखंला ‘तारक मेहताका उल्टा चश्मा’ का लेखक तारक मेहताको आज बिहान निधन भएको छ।
उनी ८७ वर्षका थिए। लामो समयदेखि उनी बिरमी थिए। ‘तारक मेहताका उल्टा चश्मा’ गुजराती नाटकमा आधारित छ। यस नाटकका लेखक तारक मेहतालाई सन् २०१५ मा पद्मश्रीबाट सम्मान गरिएको थियो।
उनको ८० भन्दा बढि किताब सावर्जनिक छ। गुजरातको रंगमञ्चमा ठूलो नाम मानिने मेहताको निधनप्रति बलिउडका चर्चित कलाकार परवेश रावलले दुःख व्यक्त गरेका छन्।
‘तारक मेहताका उल्टा चश्मा’ टेलिश्रृखंला लिम्का बुक अफ वल्र्ड रेकर्डमा पनि सहभागी छ। यो श्रृखंलाको १ हजार ९ सय भाग पुरा भएको अवसरमा गत वर्ष लिम्का बुकमा समावेश भएको थियो।

LEAVE A REPLY