काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङको सरुवा

0
213

काठमाडौँ, फागुन १८ गते । काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङको सरुवा भएको छ ।
मङ्गलबार राति सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णयानुसार तामाङलाई मन्त्रालयकै नगरपालिका तथा वातावरण महाशाखामा सरुवा गरिएको हो। सरुवा हुनुभएका तामाङले १८ महिना कामपाको कार्यकारी प्रमुखका रुपमा काम गर्नुभएको थियो। उहाँलाई सरुवा गरेसँगै अब कामपाका कार्यकारी अधिकृतका रुपमा ईश्वर पौडेल आउनुभएको छ । पौडेल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हुनुहुन्थ्यो । पौडेल र तामाङ दुवैजनाले बुधबार पदबहाली गर्ने कार्यक्रम छ । रासस

Advertisements

LEAVE A REPLY