आईएसलाई ध्वस्त पार्नेे ट्रम्पको योजना

0
236

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्र इस्लामिक आतंकबादबाट देशलाई बचाउन कडा कदम चालिने बताएका छन् ।कार्यभार सम्हालेपछि कांग्रेसलाई पहिलोपटक सम्बोधन गर्दै ट्रम्पले देशको सेवा, संरक्षण र प्रतिरक्षा गर्ने प्रतिबद्धताअनुरुप कडा कदम चाल्ने बताएका हुन् ।उनले आतंकबादी संगठन आईएसलाई ध्वस्त पार्ने योजना बनाउन रक्षा मन्त्रालयलाई निर्देशन दिएको उल्लेख गर्दै त्यसका लागि मुस्लिम विश्वका मित्र तथा गठबन्धन मुलुकहरुसँग सहकार्य गरिने पनि बताए ।उनले समाजका लागि खतरा भएका ग्याङ, लागूऔषध व्यापारी र आपराधिक व्यक्तिलाई हटाइने पनि बताए ।

Advertisements

LEAVE A REPLY