लालिगा: रियलले शिर्ष स्थान गुमायो,बार्सिलोना शीर्ष स्थानमा

0
337

म्याड्रिडक्रिस्टियानो रोनाल्डोले खेलको अन्त्यतिर दुई गोल गरेपछि १० खेलाडीमा सिमित रियलले पछि परेको स्थिति उल्टाउँदै लास पालमाससँग बराबरी गरेको गेराथ बेल रातो कार्ड खाँदै बाहिरिए पछि घरेलु मैदानमा हारतर्फ उन्मुख रियलले महत्पूर्ण अंक बटुल्न सफल भएको हो खेलमा अग्रता भने रियलले लिएको थियो खेलको आठौँ मिनेटमा नै इस्कोले रियललाई अग्रता दिलाएका थिए तर, त्यसको एक मिनेटपछि नै टानाले गोल गर्दै पालमासलाई बराबरीमा ल्याए

Advertisements

सर्जियो रामोशले डि एरियाभित्र ह्याण्डबल गरेपछि पालमासले खेलको ५६ औँ मिनेटमा पेनाल्टी पायो जसलाई भिएराले सजिलै गोलमा परिणत गरे ।त्यसको केही मिनेट पछि नै केभिन प्रिन्स बोएटाङले पालमासको अग्रता दोब्बर बनाए । यद्यपि, यो रियललाई पुनः शीर्ष स्थानमा पुर्याउन काफी रहेन एक खेल कम खेले पनि रियल बार्सिलोनाभन्दा अंकले पछि परेको

उता, हिजै भएको खेलमा बार्सिलोनाले स्र्पोटिङ गिहोनलाई को विशाल अन्तरले हराएको । गिहोनका लागि एक मात्र गोल कार्लोस कास्ट्रोले गरे ।२५ खेलबाट ५७ अंकसहित बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लेको

LEAVE A REPLY