सरकारले स्वदेशी ऊर्जा उत्पादन तथा खपतलाई उच्च प्राथमिकतामा राखेर नीति बनाइरहेकोछ ः ऊर्जामन्त्री

0
243

फागुन १९,सरकारले स्वदेशी ऊर्जा उत्पादन तथा खपतलाई उच्च प्राथमिकतामा राखेर दुई बर्षभित्र  खाना पकाउने ग्यास (एलपी) हटाउने गरी नीति निर्माण गरिरहेको ऊर्जामन्त्री जनार्दन शर्माले बताएका छन् ।

Advertisements

बुधबार जलस्रोत तथा ऊर्जा पत्रकार समाज (वारेज) नेपालद्वारा राजधानीमा ‘नेपालको पानी जनताको लगानी’ तथा ‘ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्ययोजना’ को प्रगतिबारे आयोजित अन्तक्र्रियामा ऊर्जामन्त्री शर्माले भने, ‘आगामी दुई वर्ष्भित्र खाना पकाउने ग्यासलाई बिजुलीले विस्थापित गर्नेगरी काम गरिरहेका छौं ।’
हाल देशभर वार्षिक करिब ६५ अर्ब रुपैयाँबराबरको एलपी ग्यास आयात भइरहेको छ । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक डा. अमृतमान नकर्मीका अनुसार ग्यासलाई बिजुलीले विस्थापित गर्न करिब ६ सय मेगावाट बिजुली आवश्यक पर्छ । मन्त्री शर्माले ग्यासलाई विस्थापित गर्ने विस्तृत कार्ययोजना उल्लेख नगरे पनि सरकारले १० वर्षमा १० हजार मेगावाट होइन, २० हजार मेगावाट उत्पादन गर्ने लक्ष्यसाथ काम अघि बढाएरहेको उल्लेख गरे ।
मन्त्री शर्माले एसियन इन्फ्रास्ट्रक्स्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) का अध्यक्ष जीन लीक्वीनसँग बुधबार मन्त्रालयमा भएको भेटमा समेत आफूले नेपालले स्वदेशी ऊर्जा खपतलाई प्राथमिकता दिएको जानकारी दिए । नेपालका विभिन्न परियोजनामा चासो राख्दै आएको एआईआईबीका अध्यक्ष लीक्वीनलाई नेपालले खपत गरी बाँकी रहेको विद्युत् ऊर्जा भारत, बंगलादेश र चीनलगायत छिमेकीलाई बिक्री गर्न सकिने अवगत गराएको स्मरण गरे ।
प्रत्येक नेपालीका घरले जलविद्युत्मा लगानी (सेयर) पाउने गरी सरकारले ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम अघि सारिएको र त्यसअनुसार ७ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता प्राप्त भएको जानकारी मन्त्री शर्माले दिए । उनले पूर्व–पश्चिम ७६५ केभी प्रसारण लाइन, नदी बेसिनका आधारमा अलग(अलग उच्च भोल्टेजयुक्त प्रसारण लाइन र सबस्टेसन निर्माणलाई मन्त्रालयले जोड दिएको बताए । ‘उत्पादित बिजुली खेर जाने चिन्ता छैन, १० हजार मेगावाट बिजुली अहिले नै खपत हुन्छ उनले भने ।

LEAVE A REPLY