स्वास्थ्य मन्त्रालय अन्तर्गतका चारवटा प्रतिष्ठानमा उपकुलपति नियुक्त

0
319

काठमाडौं, फागुन २०  गते   स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न प्रतिष्ठानमा लामो समयदेखि रिक्त रहेका पदमा उपकुलपति नियुक्ती भएको ती प्रतिष्ठानका कूलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले चारवटा प्रतिष्ठानका रिक्त उपकुलपति पदमा नियुक्त गर्नुभएको हो

Advertisements

सरकारले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. भरत यादवलाई उपकुलपति नियुक्त गरेको छ। डा. यादव पाटन अस्पतालको आकस्मिक विभागमा प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो।प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिनुभएको जानकारी अनुसार प्रधानमन्त्री प्रचण्डले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपकुलपति नियुक्त गर्नुभएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. राजकुमार  रौनियार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. बुद्धिबहादुर थापा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. राजेन्द्र वाग्लेलाई उपकुलपतिमा नियुक्ति पाउनुभएको छ।

यसअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रौनियार धरानमा रेडियोलोजी विभागमा कार्यरत हुनुहुन्थ्यो भने पोखराका  डा. बुद्धिबहादुर थापा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. वाग्ले त्रिवि शिक्षण अस्पतालमा कार्यरत हुनुहुन्थ्यो।

सहकुलपति तथा स्वास्थ्यमन्त्री गगन थापाको संयोजकत्वमा गठित उपकुलपति छनोट समितिको सिफारिसमा प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्नुभएको हो। उपकुलपति छनोट समितिले यसअघि कार्ययोजनासहित दरखास्त दिन आह्वान गरेको थियो। सो अनुसार पाटनमा १५, कर्णालीमा पाँच, धरानमा १६ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १० जनाले दरखास्त दिएका थिए।

उपकुलपति छनोट समितिले तीनतीनजना उम्मेदवारको नाम कुलपति तथा प्रधानमन्त्री प्रचण्ड समक्ष पेश गरेको थियो।

LEAVE A REPLY