अष्ट्रेलियाले वर्किङ भिसामा कडाई गर्ने घोषणा

0
451

१९ फागुन काठमाडौं अमेरिकापछि अब अष्ट्रेलियाले पनि वर्किङ भिसामा कडाई गर्ने घोषणा गरेको अष्ट्रेलियाका इमिग्रेसनमन्त्री पिटर डटनले फास्ट फुड इन्डस्ट्रीमा विदेशी कामदारलाई भिसा दिने प्रक्रिया अन्त्य गर्ने बताए यो निर्णयले सबैभन्दा भेरै भारतीय प्रवासी कर्मचारी प्रभावित हुनेछन् किनकी वर्किङ भिसा पाउनेमा एक चौथाई भारतीय छन् नेपालीलाई पनि यसले असर गर्नेछ अष्ट्रेलियालीहरुको नोकरी सुरक्षित गर्न यो कदम चालिएको मन्त्री डटनले बताएका छन्

Advertisements

सन् २०१२ देखि अहिलेसम्म म्याकडोनल्ड्स, केएफसी, हंग्री ज्याक्स समेत अन्य कारोबारमा करिव ५०० विदेशी कामदारलाई वर्किङ भिसा दिइएको थियो यो भिसालाई ४५७ नामले चिनिन्छ अष्ट्रेलियाको सरकारी तथ्यांक अनुसार गत वर्ष सेप्टेम्बरमा ४५७ भिसामा कुल ९५ हजार ७५८ मानिास थिए जकबी यो संख्या २०१३ मा लाख हजार ८६२ थियो यसमा सर्वाधिक भारतीय २४. प्रतिशत बेलायती १९. प्रतिशत चिनियाँ . प्रतिशत छन्

२०१२ मा लेबर पार्टीमा सत्तामा रहेका बेला एक सम्झौता अन्तरगत फास्ट फुड इन्डस्ट्रीमा कामका लागि विदेशी कामदारलाई वर्किङ भिसा दिन सुरु गरेको थियो तर, लेबर पार्टीकै रोजगार प्रवक्ताले निर्णयमा प्रश्न उठाए

के हो ४५७ भिसा ?

यो चार वर्षका लागि दिइन्छ, जस अन्तरगत थुप्रै मानिस आफ्नो परिवारसँग अष्ट्रेलियामा बस्न सक्छन् यो भिसा कुशल कामदारहरुको अभाव पूर्तिका लागि दिइन्छ कुनै पनि कम्पनीले त्यसबेला मात्र यो भिसालाई स्पोन्सर गर्छ, जब उसले कुनै पनि अष्ट्रेलियाली वा स्थायी निवासी कामदार भेट्टाउँदैन यो भिसा पाउने कर्मचारी अष्ट्रेलियामा स्वतन्त्रतापूर्वक आउजाउ गर्न सक्छन् २०१६ मा मा सर्वाधिक भिसा शेफ, डेवलपर्स, प्रोग्रामर्स मेडिकल कर्मचारीलाई दिइएको थियो ।अनलाईन खबर मा प्रकाशित 

LEAVE A REPLY