हामी पाकिस्तानमा क्रिकेट खेल्दैनौ

0
454

इङ्ल्यान्डका ल्युक राइट, केभिन पिटरसन र टाइमल मिल्सले सुरक्षाको कारण देखाउदै लाहौरमा पाकिस्तान सुपर लिग(पिएसएल) को फाइनल चरणका खेलहरू खेल्न अस्विकार गरेका छन्।पिएसएलअन्तर्गत अहिलेसम्मको खेल सारजहामा खेलिएको थियो। तर, पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले फाइनल खेल देशभित्र खेलाउने जानकारी दिएपछि इङ्ल्यान्डका यी तीनजनै खेलाडीले खेल्न अस्विकार गरेका हुन्।ठूलो ‘फ्यान फलोअर’ भएका यी खेलाडीले पाकिस्तानमा गएर क्रिकेट खेल्न अस्विकार गरेपछि पाकिस्तानका दर्शकहरू निरास छन्। यी खेलाडीलाई फाइनल खेल्न थप बोनस रकमको प्रस्ताव पनि आएको थियो। तर, उनीहरूले सुरक्षाको कारण देखाउदै खेल्न मानेनन्। यी तीनै खेलाडी क्वेटा ग्लेडियर्सका सदस्य हुन्।

Advertisements

राइटले आफ्नो ट्विटर अकाउन्टबाट यसको जानकारी दिएका थिए। सन् २००९ मा पाकिस्तानमा श्रीलंकन खेलाडीमाथि आतंकवादी हमला भएपछि अन्तर्राष्ट्रिय खेलाडीहरू पाकिस्तानमा गएर क्रिकेट खेल्न डराउदै आइरहेका छन्। पिएसएलमा श्रीलंका महेला जयबद्र्धने र कुमार संगाकारा पनि खेलिरहेका छन्। उनीहरूले पनि पाकिस्तानको यात्रा त्याग्ने सम्भावना रहेको श्रोतले बतायो। पाकिस्तानमा गएर खेल्ने विषयमा कराची किङ्सका क्रिस गेल र किरोन पोलार्ड पनि कुनै निर्णयमा नपुगिसकेको बताइएको छ।

LEAVE A REPLY