तेस्रो अभ्यास खेलमा नेपाल ४० रनले विजयी

0
341

तेस्रो अभ्यास खेलमा नोयडासँग विजयी भएपछि सामूहिक तस्बिर खिचाउँदै नेपाली खेलाडीहरू

Advertisements

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरूद्धको  तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतमा दोस्रो जित दर्ता गरेको छ। अभ्यासका लागि भारत भ्रमणमा रहेको नेपाली टिमले तेस्रो अभ्यास खेलमा नोयडा वन्डर्सलाई ४० रनले हराएको हो।ग्रेट नोयडास्थित गौतमबुद्ध क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ५० ओभरको खेलमा पाँच विकेट गुमाउँदै दुई सय ४८ रन बनाएको थियो।

नेपालका लागि सुनिल धमलाले सर्वाधिक ७४ रन बनाए। १२८ बलको सामना गरेका उनले ६ चौका प्रहार गरेका थिए।यस्तै विनोद भण्डारीले नटआउट ४१ रनको योगदान दिए। नेपालका लागि राजेश पुलामी ३०, आरिफ शेख २८, शासिफ शेख र सदर भेसवाकर समान २२ तथा दीपेन्द्र सिंह ऐरीले नटआउट ३ रनको योगदान दिए।जवाफमा नोयडा टिम ४७ ओभर दुई बलमा २ सय ८ रनमा अलआउट भयो । उसका लागि प्रियम गार्गले ४४ तथा सिभम शर्माले ३८ रन बनाए । यस्तै बबी यादवले २६ र राहुल चोपडाले २२ तथा हर्सित सेठ्ठी र आयुश जैनले समान २०–२० रन बनाएपनि टिमलाई हारबाट जोगाउन सकेनन्।बलिङ तर्फ नेपालका सोमपाल कामीले सार्वाधिक तीन तथा सन्दिप लामिछाने र शक्ति गौचनले समान दुई-दुई विकेट लिए।यो सँगै भारतमा भएको तीन अभ्यास खेलमा नेपालले दुईमा जीत र एक हार ब्यहोरेको छ।

 

LEAVE A REPLY