स्थानीय तहको निर्वाचनका कारण कक्षा ११ को परीक्षा असारमा

0
304

२० फागुन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले स्थानीय तहको निर्वाचनका कारण कक्षा ११ को परीक्षा तालिका असारमा सारेको छ ।

Advertisements

राष्ट्रिय परीक्षा बोर्डका कार्यकारी निर्देशक डिल्लीराम रिमालका अनुसार अब कक्षा ११ को परीक्षा असार १ देखि ११ गतेसम्म सञ्चाललन हुनेछ । यसअघि वैशाख २४ गते देखि कक्षा ११ को परिक्षा सञ्चालन हुने भनिएको थियो ।

कक्षा १२ को परीक्षा तालिका भने चुनावका कारण प्रभावित नहुने रिमालले बताए । उनले भने(कक्षा १२ को परीक्षा पूर्व निर्धा्रित मितिभित्रै सकिन्छ । कक्षा ११ को चाहिँ चुनावका कारण प्रभावित हुने भएकाले सारिएको हो ।’
कक्षा १२ को परीक्षा वैशाख १० देखि २२ सम्म तय भएको छ ।

LEAVE A REPLY