लामो छलफलपछि राप्रपाले चुनाव चिन्ह गाई राख्ने

0
289

काठमाडौं । लामो छलफलपछि राप्रपाले चुनाव चिन्ह गाई राख्ने निर्णय गरेको छ ।
शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । पार्टी कार्यालय धुम्वाराहीमा बसेको बैठकमा राप्रपामा चुनाव चिन्ह हलो राख्ने कि गाई भन्नेबारेमा छलफल भएको थियो ।

Advertisements

महाधिवेशनले समेत टुंगो लगाउन नसकेको चुनाव चिन्ह केन्द्रीय समितिको बैठकले लगाएको नेताहरुले बताएका छन् ।
बैठकमा लोकेन्द्र बहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनी लगायतले चुनाव चिन्ह हलो राख्नैपर्ने अडान राखे पनि अध्यक्ष कमल थापाले बैठकको अन्त्यमा चुनाव चिन्ह गाई रहने निर्णय सुनाएका थिए ।

बैठकपछि केन्द्रीय सदस्य मोहन श्रेष्ठले दिएको जानकारीअनुसार राप्रपाले गोरखा, झापा, कञ्चनपुर र काठमाडौंबाट चैत ८ गतेदेखि राष्ट्रिय एकता यात्रा गर्नेछ ।
चार जिल्लाबाट चार नेताले त्यसको नेतृत्व गर्नेछन् । चैत १२ गते चितवनमा एकता यात्रा समापन गरिने भएको छ ।

LEAVE A REPLY