जन्मदिनको शुभकामना ‘गे’, ‘बिकिनी बेब’ भनेर आयो टाइगर श्रोफलाई

0
313

ट्वीटरमा आफ्नो विवादास्पद बयानका कारण सधैं निशानामा पर्ने फिल्म निर्माता राम गोपाल बर्मा एकपटक पुनः यहि छवीका कारण चर्चाको केन्द्रमा परेका छन् । यसपटक आफ्नो विवादास्पद बयानमा बलिउडका उदाउँदा नायक टाइगर श्रोफ परेका छन् ।

Advertisements

राम गोपाल बर्माले माइक्रो ब्लगिङ साइटको सहारा लिएर टाइगरलाई जन्मदिनको शुभकामना दिएका छन् । श्रृङ्खलाबद्ध ट्वीटरमा राम गोपाल बर्माले  ‘बाघी’ का नायकलाई एक पक्का पुरुषले जस्तै फोटोका लागि पोज दिन सुझाएका छन् ।

रंगीलापछि बुवा ज्याकी श्रोफसँग उनले ‘सरकार थ्री’ मा काम गरिरहेका छन् । निर्देशकको अवलोकन अनुसार टाइगरले बुवा ज्याकीसँग पुरुष जस्तो देखिन सिक्नुपर्ने बताएका छन् । उनले भने, ‘ज्याकीसँग सिक्स प्याक छैन तर उनीसँग त्यो खुबी छ जसले महिलालाई आकर्षित गर्न सक्छन् ।’

आफ्ना अनगिन्ती ट्वीटलाई उनले आफू ज्याकीका फ्यान भएकाले यी सबै ट्वीट गरेको र यो कुरा टाइगर र श्रीमती आयशालाई पनि भनिदिन आग्रह गर्दै बिट मारेका छन् ।

LEAVE A REPLY