सोनम कपुरको समस्या : ‘सेक्सी’ पहिरन

0
330

बी–टाउनकी निकै फेसनेबल नायिका सोनम कपुरले बिहिबार राती एक कार्यक्रममा लगाएको पहिरन समस्या बन्यो । वास्तवमा एक पेय पदार्थको ब्रान्डको म्युजिक लञ्चिङ इभेन्टमा सोनमले यति सेक्सी पहिरन लगाएकी थिइन् कि साइड प्रोफाइलमा पोज दिनु उनका लागि लज्जास्पद साबित भयो ।

Advertisements

उक्त कार्यक्रममा उनले रसारियो एटेलियरले डिजाइन गरेको रफल जम्पसुट लगाएकी थिइन् । उनलाई उक्त पहिरन निकै सुहाएको थियो तर मिडियासँग कुराकानीको क्रममा उनको साइडको बक्षस्थल थुप्रै पटक क्यामरामा कैद भए ।

मिडिया र आफूमाथि नै व्यंग्य हानिन्ः

उक्त सांगितिक कार्यक्रममा जब एक पत्रकारले सोनमलाई एक गीत गाउन आग्रह गर्दा उनले मिडियालाई व्यंग्य हान्दै भनिन्, ‘नाई, नाई… म गाउन सक्दिनँ । यदि मैले गाएँ भने तपाईंहरु (मिडिया) ले भन्नुहुनेछ कि अभिनय त आउँदैन आउँदैन, अब गाउन पनि आउँदैन । मैले बल्ल तल्ल एक दुई अवार्ड हात पारेकी छु ।’

पछि आफूलाई नै व्यंग्य हान्दै सोनमले भनिन्, ‘मैले फिल्म दिल्ली सिक्स मा गाएकी थिएँ । तर कसैले पनि याद गर्नुभएन । म इंन्डियन आइडल बन्न चाहन्थें, तर त्यसपछि उक्त कार्यक्रम नै बन्द भयो ।’

स्मरण रहोस्, आजकाल सोनम आफ्नी बहिनी रिया कपूरको फिल्म ‘विरो दी वेडिङ’ मा व्यस्त छिन् ।

LEAVE A REPLY