अन्तर्राष्ट्रिय लगानी सम्मेलन सम्पन्न, १४ खर्ब ६० अर्ब रुपैयाँ लगानीको प्रतिवद्धता

0
854

काठमाडौं : नेपालसहित ७ वटा देशका कम्पनीले नेपालमा १४ खर्ब ६० अर्ब रुपैयाँ लगानीको प्रतिवद्धता जनाएका छन् । शुक्रबार सम्पन्न नेपाल लगानी सम्मेलनमा सो रकमको प्रतिवद्धता आएको हो ।

Advertisements

लगानी सम्मेलनमा १३ अर्ब ५२ करोड डलर अर्थात् १४ खर्ब ६० अर्ब रुपैयाँ लगानीको प्रतिवद्धता आएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जनाए । उर्जा, उद्योग लगायतमा लगानीको प्रतिवद्धता व्यक्त भएको हो । सबैभन्दा बढी चीनबाट लगानीको प्रतिवद्धता प्राप्त भएको छ ।

चीनबाट ८ अर्ब ३८ करोड डलर, भारतबाट ३१ करोड ७० लाख डलर, बंगलादेशबाट २ अर्ब ४० करोड डलर, जापानबाट एक अर्ब डलर, बेलायतबाट १ अर्ब डलर, श्रीलंकाबाट ५० करोड डलर, नेपालबाट १ करोड १५ लाख डलर लगानीको प्रतिवद्धता प्राप्त भएको छ । सम्मेलनमा नेपाली लगानीकर्ताहरुको तर्फबाट समेत ११ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपालबाट लगानीको प्रतिबद्धता जनाउने कम्पनीमा सामुदायिक कन्साइ फर्म, आरएन ग्रुप अफ कम्पनी र हिमाली डिष्टिलरी रहेका छन्

LEAVE A REPLY