राप्रपामा २७ पदाधिकारी मनोनित (हेर्नुहोस् सूचीसहित)

0
405

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शुक्रबार २७ जना पदाधिकारी मनोनित गरेका छन् । राप्रपाको विधानअनुसार अध्यक्ष र केन्द्रीय सदस्यको निर्वाचन हुन्छ भने पदाधिकारी अध्यक्षले मनोनित गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार पदाधिकारी मनोनित भएका हुन् ।

Advertisements

को – को के भए ? 
अध्यक्ष थापाले ६ जना उपाध्यक्ष मनोनित गरेका छन् । जसमा दीपक बोहोरा, राजिव पराजुली, बुद्धिमान तामाङ, टंक ढकाल, विक्रम पाण्डे र रामचन्द्र राय मनोनित भएका छन् । यस्तै ध्रुवबहादुर प्रधान, राजेन्द्र लिङ्गदेन, धवलशम्शेर राणा, जयन्त चन्द र सुनिलबहादुर थापा महामन्त्री मनोनित भएका छन् । चन्द पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादु चन्द र थापा सूर्यबहादुर थापाका छोरा हुन् ।
त्यस्तै सहमहामन्त्री हेमजंग गुरुङ, निलकण्ठ काफ्ले, राम थापा, चन्द्रबहादुर गुरुङ छन् भने सहायक महामन्त्री वृजलाल यादव, कुन्ति शाही, मनोज प्रधान राजाराम बर्तौला, बिन्दु पहाडी र राजेन्द्रप्रसाद श्रेष्ठ मनोनित भएका छन् । कोषाध्यक्ष उद्धव पौडेल र सहायक कोषाध्यक्षमा गिरीधर परियार मनोनित भए ।प्रवक्तामा रोशन कार्की, सुशील श्रेष्ठ र भुवन पाठक मनोनित भएका छन् भने सहायक प्रवक्तामा मोहन श्रेष्ठ छन् ।

LEAVE A REPLY