स्ववियु सुनिश्चितताको माग गर्दै आयुर्वेद क्याम्पसमा विद्यार्थी धर्ना

0
305

काठमाडौं :  त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस, कीर्तिपुरमा स्थगित स्ववियू निर्वाचन हुने सुनिश्चितताको माग गर्दै धर्नामा बसेका छन् । बुधबारबाट निर्वाचनको मिति घोषणाको माग गर्दै आयुर्वेद क्याम्पस किर्तिपुरमा विद्यार्थीहरु धर्ना बसेका छन् । आयुर्वेद क्याम्पसमा ५ दलहरुले आफ्नो उम्मेदवारहरु घोषण गरी १८ गतेको निर्वाचनको लागि निर्वाचन समितिले घोषणा गरेको थियो ।
बन्दसत्र सुरु भइसकेपश्चात विभिन्न विद्यार्थी संगठनले १७ गते तालाबन्दी गरेका थिए ।  निर्वाचन समितिले १८ गतेको निर्वाचन स्थगित गरेको थियो । आयुर्वेद क्याम्पसमा कुल विद्यार्थी १६० रहेको छन् । सभापति एवं अन्य प्रत्यक्षका लागि नेविसंघ र अनेरास्ववियु, नयाँ शक्ति  आफ्नो उम्मेदवार दर्ता गरीसकेका छन् । यस अघि यस क्याम्पसमा नेविसंघले स्ववियू निर्वाचन जितेको थियो ।

Advertisements

LEAVE A REPLY