ओपिडि सेवा सञ्चालन सम्बन्धि स्वास्थ्य मन्त्रालयले गरेको परिपत्र तत्काल कार्यान्वयन गर्न कठिनाइ

0
292

चितवन, फागुन २० गते सरकारी अस्पतालमा ओपिडि सेवा सञ्चालन सम्बन्धि स्वास्थ्य मन्त्रालयले गरेको परिपत्र तत्काल कार्यान्वयन नहुने देखिएको स्वास्थ्य मन्त्रालयले परिपत्र गरेको नयां निर्देशिका अनुसार सरकारी अस्पतालमा विहान बजेदेखि दिउंसो बजेसम्म ओपिडि सेवा सञ्चालन गर्नुपर्ने जनाइएको नेपाल मेडिकल एशोसियसनका केन्द्रिय अध्यक्ष मुक्तिराम श्रेष्ठले स्वास्थ्य सेवामा काम गर्ने चिकित्सकहरुलाइ सरकारको निर्धारित समयले सेवा प्रवाहमा असहज भएको बताउनुभयो नेपाली चिकित्सक दिवसको अवसरमा नेपाल चिकित्सक संघ चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको नागरिक समाजसंग अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले गैरजिम्मेवारी पुर्ण आएको निर्देशिका कार्यान्वयन गर्न नसकिने बताउनुभयो स्वास्थ्य क्षेत्रको सुधारका लागि स्वास्थ्य ऐन अन्तर्गत रहेका चिकित्सकहरुलाइ मात्र स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुमा नियुक्ति गर्नुपर्ने उनको भनाइ थियो

Advertisements

प्राइभेट हस्पिटल एशोसियसन चितवनका अध्यक्ष नारायण सिंह कुंवरले सरकारले निजी अस्पतालहरुलाई धरासायी बनाउन विभिन्न सुनियोजित आक्रमण गरेको भन्दै त्यसको प्रतिवाद गर्ने बताउनुभयो निजी अस्पताल नविकरणका लागि सरकारले हरेक बर्ष अस्पतालको सेवा क्षेत्र परिवर्तन गर्दा निजी अस्पताल सञ्चालकहरुलाइ नविकरणमा समस्या भएको उहाँको भनाइ थियो चितवनका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा गरि कुल सयको संख्यामा चिकित्सकहरु रहेका छन्

LEAVE A REPLY