‘भारु सटहीमा भारत सकारात्मक

0
225

काठमाडौँ, फागुन २० गते । भारतीय अर्थमन्त्री अरुण जेट्लीले भारतले केही समयअघि प्रतिबन्धित गरेका पाँच सय र हजार दरका नोटको नेपालले सटही सुविधा प्राप्त गर्ने बताउनुभएको छ । उद्योग मन्त्रालय तथा नेपाल लगानी बोर्डको आयोजनामा लगानी सम्मेलनलाई सम्बोधन गर्न नेपाल आउनुभएका भारतीय अर्थमन्त्रीले आज पत्रकारसँग कुरा गर्दै नेपालमा प्रचलित ठूला दरका भारु नोटको सटहीका लागि नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाले आवश्यक ढाँचा तयार गरी सटहीको टुङ्गो लगाइने जानकारी दिनुभयो । नेपालले पूर्वाधार विकासमा खासगरी अन्तरदेशीय प्रसारण लाइन तथा यातायात पूर्वाधार तथा रेलसेवा विस्तारमार्फत नेपाललाई भारतसँग आर्थिक रुपमा जोड्ने प्रतिबद्धता जेट्लीले व्यक्त गर्नुभयो । उहाँले खासगरी पछिल्लो समय भारतबाट नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानीमा सुधार आउने विश्वास पनि व्यक्त गर्नुभयो । रासस

Advertisements

LEAVE A REPLY