स्ववियु चुनाव हुनुपर्ने माग राख्दै,पद्मकन्यामा नेविसंघको रिले अनशन

0
229

काठमाडौँ, फागुन २१ गते । बागबजारस्थित पद्मकन्या क्याम्पसमा स्ववियु चुनाव हुनुपर्ने माग राख्दै नेविसंघका विद्यार्थीले रिले अनसन सुरु गरेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
स्ववियु चुनाव गर्न क्याम्पसमा सहज वातावरण हुँदा पनि क्याम्पस प्रशासनले विभिन्न बाहनामा चुनाव गर्न नचाहेको नेविसंघकी केन्द्रिय सदस्य रमा थापाले आरोप लगाइन् । क्याम्पस प्रशासनले जबसम्म चुनावी वातावरण बनाउँदैन तबसम्म अनसन जारी राख्ने थापाले बताईन् ।अनशन बस्नेहरुमा नेविसंघ केन्द्रीय सदस्यद्धय कौशिला भट्ट, रमा थापा, पद्मकन्याक्याम्पस इकाई कोषाध्यक्ष अर्पणा खड्का, पद्मकन्याकी नेविसंघ नेतृ तेजकला उप्रेती पुजा रहेका छन् ।

Advertisements

LEAVE A REPLY