४० वर्षको उमेर मै ६९ वटा बच्चा

0
273

महिलाका लागि बच्चा जन्माउनु सजिलो काम होइन । तर यो दुनियाँमा यस्ता महिला पनि रहेछन् जसले १-२ होइन,  ६९ वटासम्म बच्चा जन्माएका छन् ।४० वर्षको उमेरसम्ममा ६९ वटा बच्चा जन्माएकी एक प्यालेस्टाइनी महिलाको मृत्यु भएको छ । ६९ औँ बच्चा जन्माए लगत्तै उनको मृत्यु भएको ती महिलाका पति गाजा अल इनले बताएका छन् ।नाम नखुलाइएकी ती महिला सायद दुनियाँकी सबैभन्दा उर्बर महिला हुन् । उनको नाम गिनिज बुकमा भने छैन । उनले ६९ बच्चा जन्माएको दाबी गरिएको भएपनि आधिकारिक पुष्टि हुन बाँकी नै छ ।

Advertisements

विश्वमा अहिलेसम्म धेरै बच्चा जन्माउने महिलाको रुपमा रुसकी भ्यासिलेभाको नाम गिनिज बुकमा दर्ज छ । उनले पनि कुल ६९ बच्चा जन्माएकी छिन् ।उनले २७ बेतमा ६९ बच्चा जनमाएकी हुन् । जसमध्ये १६ पटक जुम्ल्याहा, तिन पटक तिम्ल्याहा र ४ पटक चम्ल्याहा । एजेन्सी

LEAVE A REPLY