एमालेमा थपिए १२ जना पुर्ण र ८ जना वैकल्पिक केन्द्रीय सदस्य

0
273

२१ फागुन, झापा ।नेकपा एमालेले २0 जना केन्द्रीय सदस्य मनाेनित गरेकाे छ । जसमा १२ जना पुर्ण र ८ जना वैकल्पिक केन्द्रीय सदस्य छन् काे काे भए मनाेनिनत ?

Advertisements

शुक्रबार राति बिर्तामोडमा बसेको एमालेको स्थायी कमिटी बैठकले १२ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको त्यसरी केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा रघुबीर महासेठ, धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव रामदयाल मण्डल, रामचन्द्र साह तेली, रवीन्द्र बैठा, हरीनारायण महतो, रत्नेश्वर गोइत, लालबाबु यादव यदुवंश झा छन् यीमध्ये महासेठ, झा, गोइत र महतो धनुषा जिल्लाका हुन् । धर्मनाथ साह, धर्मनाथ यादव र रामचन्द्र यादव र गंगा यादव सिरहाका हुन् । त्यस्तै रामदयाल मण्डल महोत्तरीका हुन् भने  तेली पर्सा र बैठा सर्लाहीका हुन् ।त्यसैगरी बैठकले ८ जनालाई बैकल्पिक केन्द्रीय सदस्यमा मनोनय गरिएको छ । वैकल्पिक केन्द्रीय सदस्य हुनेमा नारदमणि राना थारु, जुली महतो, मञ्जु चौधरी, शान्ता चौधरी, हरी राजबंशी, सरोज यादव र सुधीर साह, सरला यादव र महम्मद हारून रहेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए

LEAVE A REPLY