फुटबल खेलाडीहरु हड्तालमा उत्रिए

0
257

२१ फागुन, काठमाडौं । फुटबलरहरु हड्तालमा उत्रिएपछि अर्जेन्टिनाको माथिल्लो डिभिजनका खेलहरु स्थगित भएका छन् । अर्जेन्टिनामा धेरै क्लब अहिले आर्थिक संकटसँग जुधिरहेका छन् र खेलाडीहरुले थुप्रै महिनाको तलब पाएका छैनन् ।

Advertisements

फुटबलरहरुको युनियनले तलब नपाउँदासम्म नखेल्ने बताएको छ । हडतालमा २०० भन्दा बढी अर्जेन्टिनी क्लबका खेलाडी आवद्ध छन् ।अर्जेन्टिना फुटबल एशोसिएनका उच्च अधिकारी टेलिभिजन प्रशासन अधिकारलाई लिएर आर्थिक अनियमितामा फसेपछि संकट सुरु भएको थियो ।संकट समाधानको प्रयासमा सरकारले बिहीबार फुटबल एशोसिएसनलाई २२ मिलिय डलर लिएको थियो । तर, खेलाडी संघले यो रकम अपर्याप्त भएको बताएको छ । धेरै क्लबका अध्यक्षले उनीहरुसँग भए भन्दा बढी रकम खर्च गरेको उसको दाबी छ ।

LEAVE A REPLY