हलो छोडेर गाई चुनाव चिन्ह गाई राख्ने निर्णय गराएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीमा तीब्र असन्तुष्टि

0
235

काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकबाट बहुमत केन्द्रीय सदस्यको चाहना भन्दै गाई चुनाव चिन्ह राख्ने निर्णय भएसँगै तीब्र विवाद देखिएको राप्रपाको शुक्रबारको केन्द्रीय समिति बैठकबाट अध्यक्ष कमल थापाले पार्टीको चुनाव चिन्ह गाई राख्ने निर्णय गराएसँगै वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले तीब्र असन्तुष्टि जनाएका हुन् यस्तै अर्का नेता लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर राणा, बुद्धिमान तामाङलगायतले पनि चुनाव चिन्हप्रति असन्तुष्टि जनाएको बताइएको लोहनीले शुक्रबार राती सामाजिक सञ्जालमार्फत पार्टीले चुनाव चिन्ह हलो छाडेकोमा आफ्नो असन्तुष्टि रहेको बताएका छन् भने हलोप्रति आस्था राख्ने नेता कार्यकर्तालाई धैर्य गर्न समेत आग्रह गरेका छन्

Advertisements

राप्रपाले चुनाब चिन्ह हलो छोडेको छ। यसमा मेरो असहमति छ। एकता हुँदाको समय झन्डा राप्रपा नेपालको हुने भनि सहमति भएको हो। चुनाब चिन्हको हकमा हलो हुने समजदारी भएको हो’, लोहनीले भनेका छन्, ‘ आज त्यो समझदारी बिपरित निर्णय भएको छ। राप्रापा हलोप्रति आस्था राखने सबै साथीहरुलाई धैर्य राख्न अनुरोध गर्दछु।
लोहनीले केन्द्रीय समितिको बैठकमा कुनै पनि हालतमा चुनाव चिन्ह हलो राखिनुपर्ने धारणा राखेका थिए भने महाधिवेशन उद्घाटन सत्रमा पनिहलोले भलो गर्नेविचार राखेका थिए
लोहनीले सार्वजनिक रुपमै हलोमा आस्था राख्नेहरुलाई धैर्य गर्न अनुरोध गरेसँगै अब उनी कसरी अघि बढ्लान् भन्ने चासो उत्पन्न भएको

२०४८ सालमा एकैसाथ दुई पार्टी खुल्दा लोकेन्द्र बहादुर चन्द नेतृत्वको राप्रपाको चुनाव चिन्ह हलो थियो भने सूर्यबहादुर थापा नेतृत्वको राप्रपाको चुनाव चिन्ह गाई थियो
लोहनी चन्द राप्रपामा थिए भने कमल थापा सूर्यबहादुर नेतृत्वको राप्रपामा थिए पछि विभिन्न कालखण्डमाराप्रपा टुटफुट हुँदै २०६३ सम्म आइपुग्दा कमल थापाले गाई चुनाव चिन्हसहितको राप्रपा नेपाल गठन गरेका थिए सूर्यबहादुरले भने जनशक्ति पार्टीलाइ पुन राप्रपामा एकीकृत गराएका थिए

त्यसयता लोहनी, चन्द, सूर्यबहादुर राणा हलो चुनाव चिन्ह भएको राप्रपामा रहे भने कमल थापा गाई चुनाव चिन्ह भएको राप्रपामा रहे
पछि वैकल्पिक राष्ट्रवादी शक्ति निर्माण गर्ने भन्दै गत मंसिर पहिलो राता दुई राप्रपाबीच एकता भएको थियो भने त्यतिबेला झण्डा चुनाव चिन्हको विषयमा टुंगो नलागेको भएपनि चुनाव चिन्ह गाई राख्ने समझदारी भएको लोहनीको दाबी
चुनाव चिन्हको विवादकै कारण पार्टी एकता भएको तीन महिना बित्न नपाउँदै राप्रपामा विभाजनको विजारोपण भएको कतिपयको भनाई

LEAVE A REPLY