यस्तो छ एमालेको १५ दिने मेचि–महाकाली अभियान

0
266

काठमाडौं– प्रमुख प्रतिपक्ष एमालेले सुखानी सहिद दिवसको अवसर पारेर  आजदेखि मेचि–महाकाली राष्ट्रिय अभियान शुरु गर्दैछ । एमालेले राष्ट्रिय एकताको सन्देशसहित यस्तो अभियान चलाउन थालेको हो ।देशको पूर्वी भूभाग काकडभिट्टाबाट विहान ११ बजे अभियान शुरु हुनेछ । अभियानमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, महासचिव इश्वर पोखरेल, बामदेव गौतम, योगेश भट्टराई, भीम रावल लगायतका नेताहरु काकडभिट्टा पुगेका छन् । नेताहरु शुक्रवार नै झापा पुगेका हुन् ।

LEAVE A REPLY