यथेष्ठ जानकारी बिना नै राजदूतका लागि सिफारिस भएका कारण गल्ती :परराष्ट्रमन्त्री महत

0
252

२१ फागुन, काठमाडौं ।जेनेभामा भएको अन्तर्राष्ट्रिय मानव अधिकार परिषद्को बैठकमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री महतले सरकारको नियत खराब नभए पनि पर्याप्त सूचनाबिना नै राजदूतका लागि सिफारिस भएका कारण गल्ती भएको स्वीकारेका छन । उनले धेरै दलको संयुक्त सरकार भएकाले राजदूत सिफारिसमा बढी विवाद भए पनि आफ्नो नियत खराब नभएको दाबी गरे ।सरकारले सिफारिस गरेका विवादित राजदूतबारे भने मन्त्री महतले प्रतिक्रिया दिन चाहेनन् । विवाद बढेपछि राजदूतका लागि सरकारले स्पेनका लागि सिफारिस गरेका भरत रायमाझी र यूएईका लागि सिफारिस भएकी र आशा लामाको नाम हटाइएको छ । सरकारले फागुन ९ गते १४ देशका लागि राजदूत सिफारिस गरेको थियो ।जेनेभामा भएको अन्तर्राष्ट्रिय मानव अधिकार परिषद्को बैठकमा मन्त्री महतले एक सयभन्दा बढी देशका परराष्ट्रमन्त्री तथा सरोकारवालासँग नेपालको विकसित राजनीतिक परिस्थितिबारे जानकारी गराएको बताए ।

Advertisements

LEAVE A REPLY