मधेस पस्नुअघि ओलीले भेटे गृहमन्त्री लाई

0
293

२२ फागुन, काठमाडौं ।  एमालेले सुखानी सहिद दिवसको अवसर पारेर सुरु गरेको  मेचि–महाकाली राष्ट्रिय अभियानको पूर्वसन्ध्यामा एमाले अध्यक्ष ओलीले उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिसँग शान्ति–सुरक्षाबारे छलफल गरेका छन् ।बिहीबार साँझ आफ्नै निवास बालकोट बोलाएर पूर्वप्रधानमन्त्री ओलीले अभियानलाई सघाउन राज्यले उपलब्ध गराउने शान्तिसुरक्षाबारे चासो व्यक्त गरेको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले बताए गृहमन्त्री निधिले अभियानमा राज्यका तर्फबाट आवश्यक सुरक्षा प्रबन्धका लागि निर्देशन दिएको जानकारी गराएका थिए

Advertisements

भेटमा ओलीले केही दिनअघि गृहमन्त्री निधिका तर्फबाट अभियान बिथोल्नेगरी आएकोविवादास्पदअभिव्यक्तिबारे पनि चासो राख्दै कुनै अप्रिय घटना भए सरकार जिम्मेवार हुनुपर्ने चेतावनी दिएको बज्राचार्यले बताए जवाफमा निधिले कुनै दलको सभा बिथोल्ने अभिव्यक्ति आफूले नदिएको प्रस्ट पारेको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए

दाहालका अनुसार गृहमन्त्री निधिले संविधान संशोधनबारे एमालेले प्रयोग गरेको राष्ट्रघाती शब्दप्रति आपत्ति जनाएका थिए जवाफमा ओलीले संविधान संशोधन देशको हितमा नभएको बताउँदै पार्टीको आधिकारिक दस्तावेजमा राष्ट्रघाती शब्द उल्लेख नगरेको जनाएका थिए  नयाँ पत्रिका दैनिकमा खबर

LEAVE A REPLY