कार्यवहाक प्रशिक्षकको रणनीतिमा लेस्टरसिटीको लगातार दोस्रो जित

0
248

आफ्नो प्रशिक्षकलाई बर्खास्त गरेको लिग च्याम्पियन लेस्टर सिटीले कार्यवहाक प्रशिक्षक क्रेग सेक्सपियरको रणनीतिमा लगातार दोस्रो खेल पनि जितेको छ। केही साताअघि मात्र लिग उपाधि दिलाएका इटालियन प्रशिक्षक क्लाउडियो रेनेरीलाई बर्खास्त गरेको लेस्टरले पहिले लिभरपुललाई ३–१ र शनिबार राती हल सिटीलाई ३–१ कै नतिजामा पराजित गरेको छ। लेस्टरबाट व्यवसायिक फुटबलको सुरुवात गरेका साम क्लुकासले १४ मिनेटमा गोल गर्दै लेस्टरलाई संकटमा पार्न खोजेका थिए। तर, लेस्टरबाट ६९ खेलमा दोस्रो गोल गर्ने क्रममा क्रिश्चियन फुच्सले २७ मिनेटमा बराबरी गोल गरे।

Advertisements

गत वर्ष उत्कृष्ट खेलाडी छानिएका रियाद महारेजले ५९ मिनेटमा अर्को गोल थपेपछि लेस्टरले अग्रता लिएको थियो। जसमा हलका टम हड्सनले ९० मिनेटमा आत्मघाती गोल गरे। जसका कारण लेस्टरको सहज जित सम्भव भयो।
गोल नगरेपनि जेमी भर्डी शनिबारको खेलमा पनि प्रभावशाली देखिए। महारेजको भने २७ खेलपछिको गोल थियो। उनले गत वर्ष स्वान्सेलाई गोल गरेयता गोलपोस्ट भेटेका थिएनन्। हलविरूद्ध भने उनको यो चौथो गोल थियो।
लेस्टर हाल प्रिमियर लिगको १५ स्थानमा छ। कार्यवहाक प्रशिक्षकको रुपमा दुईवटा प्रभावशाली जितपछि सेक्सपियरको लेस्टरमा मुख्य प्रशिक्षक बन्ने सम्भावना बढेर गएको छ। उनले शनिवार पनि ४–४–२ कै फरमेसनमा खेलाएका थिए।

LEAVE A REPLY